•  १० मंसिर २०८१, सोमबार
  •  12:43:38 PM

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

- पुष २५, २०७९ मा प्रकाशित



इटहरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन दिएका छन । प्रधानमन्त्री प्रचण्डले मुख्यसचिवलाई निर्देशन दिएका हुन ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल थाल्न निर्देशन दिएका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएको भन्दै तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि उद्धारका लागि पहल समेत सुरु भएको छ ।

Comments

सम्बन्धित खवर