•  १० मंसिर २०८१, सोमबार
  •  2:08:46 PM

आम निर्वाचन : प्रतिनिधीसभा र प्रदेश सभामा १ हजार ९६१ जनाको जमानत जफत

- मंसिर २९, २०७९ मा प्रकाशित

इटहरी । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको धरौटी (जमानत) जफत भएको निर्वाचन आयोगले जनाएको छ ।प्रतिनिधिसभामा दुई हजार ४११ उम्मेदवारी परेकामध्ये १ हजार ७७२ पुरुष र १८९ जना महिला गरी १ हजार ९६१ जनाको जमानत जफत भएको छ । 

प्रदेशसभामा ३ हजार २२४ जनाको उम्मेदवारी परेको मध्ये २ हजार ८६ पुरुष र २३७ महिला र एक जना अन्य गरी कुल २ हजार ३२४ जनाको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन मार्फत प्रतिनिधिसभा र प्रदेशसभामा गरी ५ हजार ६३५ जनाको उम्मेदवारी रहेकामा ४ हजार २८५ जनाको जमानत जफत भएको जनाएको हो । निर्वाचन कानुन अनुसार प्रत्यक्षतर्फ निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत पाउन नसक्नेको धरौटी जफत हुनेछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रतिनिधि सभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ ।

त्यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनेले १० हजार रुपैयाँ र समानुपातिकतर्फ बन्द सूची पेश गर्न ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।त्यस्तै प्रदेशसभामा प्रत्यक्षतर्फ प्रत्यक्षमा उम्मेदवारी दिनेले ५ हजार र समानुपातिकमा बन्दसूची बुझाउनेले २५ हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

Comments

सम्बन्धित खवर