संसदको पहिलो वैठकमा एमसीसीविरुद्ध आवाज उठाउँछु : ज्ञानेन्द्र शाही
- मंसिर १८, २०७९ मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं जुम्लाबाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसद्को पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।
आज (शनिबार) त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिँदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसीलगायत विषयमा संसद्को पहिलो बैठकबाटै आवाज उठाउने बताए । अहिलेको मुख्य काम नै भ्रष्टाचारविरुद्ध लड्ने भएको उनको भनाइ छ । उनले वाइडबडी, एनसेल, मेलम्ची काण्डको भण्डाफोर सदनबाट हुने जिकिर गरे । रोजगारी सिर्जना गर्न लडाइँ गर्ने र आवश्यक कानुन बनाउने उनले बताए । केही कानुनलाई संशोधन गरेर ‘ठूला’ अपराधीलाई जेल हाल्ने समेत उनले चेतावनी दिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments