सुनसरी २ : राजनीतिक खेलाडी माथी स्वतन्त्र हाबी : कांग्रेस र एमालेका उम्मेद्वार भन्दा दाेब्बर मतले स्वतन्त्रकाे अग्रता
- मंसिर ६, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी क्षेत्र नं २ मा प्रतिनिधी सभा सदस्य तर्फ अप्रत्यासित मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार लाल बिक्रम थापाले अग्रता कायमै राखेका छन ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार भिम आचार्यले १७४४ मत पाइरहदा नेपाली कांग्रेसका सिताराम मेहताले १३३३ मत पाएका छन ।यता दुवै प्रतिस्पर्धीलाइ दोब्बर मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार थापा अग्रस्थानमा देखिएका छन ।थापाले अहिले सम्म २६५२ मत प्राप्त गरेर सुरूवाती अग्रता कायम राखेका हुन ।
सुनसरी क्षेत्र नं २ क मा उठेका दुवै उम्मेद्वार राजनीतिक क्षेका खेलाडी मानिन्छन । एमालेका आचार्य प्रदेश एकमा पुर्व मुख्य मन्त्री बनेर कार्यभार सम्हालिसकेका ब्याक्ति हुन भने कांग्रेसका मेहता प्रतिनिधि सभा सदस्यमा रहेर लामो समय ब्यतित भइसकेका ब्याक्ति हुन । एमालेको लाल किल्ला मानिएको सुनसरी २ मा पछिल्लो समय स्वतन्त्र हाबि बनेको देखिएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments