६० निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा २८ स्थानमा कांग्रेसको अग्रता
- मंसिर ५, २०७९ मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभाको ६० निर्वाचन क्षेत्रमा जारी अहिलेसम्मको मतगणना अनुसार २८ स्थानमा सत्तारुढ नेपाली कांग्रेसले अग्रता बनाएको छ । यस्तै प्रमुख प्रतिपक्षी एमालेले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ४ माओवादी केन्द्र र एकीकृत समाजवादीले ३–३ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
इलाम–१ मा कांग्रेसका डम्बर खड्का, उदयपुर–१ मा नारायण खड्का, मोरङ–६ मा शेखर कोइराला, पर्सा–२ मा अजयकुमार चौरसिया, रौटहट–४ मा देवप्रकाश तिमलसिना, सप्तरी–४ मा तेचुला चौधरीले शुरुवाती अग्रता लिएका छन् ।
यस्तै काठमाडौं–४ मा गगन थापा, काठमाडौं– ५ मा प्रदीप पौडेल, काठमाडौं–१० राजन केसी, चितवन–१ मा विश्वनाथ पौडेल, नुवाकोट–१ अर्जुननरसिंह केसी, भत्तपुर –२ मा दुलर्भ थापा र मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय ‘डिना’ अगाडि छन् ।
यस्तै कास्की–१ मा किशोरदत्त बराल, तनुहँ–१ मा रामचन्द्र पौडेल, २ मा शंकर भण्डारी, नवलपुर–१ मा विष्णुकुमार कार्की, कपिलवस्तु –२ मा सुरेन्द्र आचार्य, ३ मा अभिषेकप्रताप साह, दाङ ३ मा दीपक गिरि, बर्दिया – १ मा सञ्जय गौतम, रुपन्देही – ३ मा बालकृष्ण खाण र ५ मा भरत शाहले अग्रता बनाएका छन् ।
सुर्खेत – २ मा हृदयराम थानी, कञ्चनपुर– ३ मा रमेश लेखक डडेल्धुरामा शेरबहादुर देउवा, कैलाली–४ मा वीरबहादुर बलायर, अछाम– २ मा पुष्पबहादुर शाहले अग्रता लिएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments