सुनसरी ३ मा बिजय गच्छदारलाइ भाेट किन ? यस्ता छन एजेण्डा : सुनसरीलाइ नमुना शहर बनाउने देखि बिकाशकाे बाढि ल्याउने सम्मकाे याेजना
- मंसिर १, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य उम्मेद्वार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्व उपप्रधानमन्त्री बिजया कुमार गच्छदारकाे चर्चा चुलिदाे छ । बि.सं. २०४६ सालको परिवर्तन पश्चात कुनै निर्वाचनमा पनि जनताको बीचबाट नहारेको नेताको रुपमा चिनिएका गच्छदारलाइ सुनसरी ३का मतदाताहरूमाझ पनि उत्तिकै लाेकप्रिय मानिन्छन । प्रभावशाली नेता तथा कार्यकर्ताहरू बाेकेर निरन्तर चुनावी प्रचार एवम घरदैलाे अभियानमा जुटेका गच्छदार याे निर्वाचनमा अन्तिम पटक मत दिएर बिजयी गराउन अनुराेध गरेका छन ।
किन जनता माझ लाेकप्रीय छन गच्छदार ?
२०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गरेका गच्छदार अहिले पनि जनतामाझ त्यतिकै लाेकप्रिय मानिन्छन । सुनसरी क्षेत्र नं ३ मा उनले गरेकाे बिकाशका कामहरूले सदावहार चर्चामा अाइरहन्छन ।बि.सं. २०४६ सालको परिवर्तन पश्चात कुनै निर्वाचनमा पनि जनताको बीचबाट नहारेको नेताको रुपमा चिनिएका गच्छदारलाइ सुनसरी ३का वासिन्दाले बिकाशकाे अर्काे नाम र राजनीतिका हस्ती भनेर मान्दछन ।
देशकै शिर्ष नेता मध्ये एक रहेको उनी राजनैतिक यात्रामा ठुला ठुला चुनौतीहरु संग लडेर आफुलाई राष्ट्रिय स्तरको नेताको रुपमा चिनाउन सफल भएको नेताकाे रूपमा पनि चिनिन्छन । लामो राजनैतिक अनुभव र राष्ट्रिय स्तरको पहुँच भएको तथा सुनसरी क्षेत्र नं. ३ का जनता प्रति सधै उदार र सहयोगी मानिएका बिजय कुमार गच्छदार सबैको लागि सरल भएकोले जनताका कुनै पनि समस्याहरुलाई समाधान गर्न सक्ने क्षमतावान नेताकाे रूपमा पनि चिनिन्छन ।
त्यति मात्र नभइ नेपाल कै संचार इतिहासमा पहिलो पटक “राष्ट्रिय संचार नीति २०५०” लागू गर्ने ऐतिहासिक व्यक्तित्व हुन् गच्छदार । उनले राजनीतिक संगै संबिधान निर्माणमा पनि त्यतिकै महत्वपुर्ण भुमिका निर्वाह गरेर अर्काे लाेकप्रियता कमाएका छन । १३ पटक सम्म सरकारमा रहेर पूर्वि नेपालकाे सुसाशन , बिकाश र समृद्धि प्रति पुर्याएकाे याेग्दानबारे गच्छदारकाे खुलेरै चर्चा हुने गरेकाे पाइन्छ ।
२०१० साल माघ १९ गते सुनसरी ८ पचिरामा भएको हो । बिजय कुमार गच्छदार पिछडिएको भनिएको एउटा थारु समुदाय प्रतिनिधिको रुपमा पंचायतको जेल बस्दै उदाउदै आएका कुशल नेता मानिन्छन । बि.सं. २०४६ सालको परिवर्तन पश्चात कहिल्यै पनि निर्वाचन जनताको बीचबाट नहारेको नेताको रुपमा सबैले चिनेका गच्छदारलाइ सुनसरी ३ मा जनताले नै जिताउदै अाएका छन ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments