•  १० मंसिर २०८१, सोमबार
  •  8:19:20 PM

कार्तिक ३० गते सुनसरीमा एमालेकाे चुनाबी सभा : अध्यक्ष ओली लगायतले सम्बोधन गर्ने : सुनसरीका ४ वटै क्षेत्र एमालेले जित्ने दाबी

- कार्तिक २७, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको लौकहीमा आगामी कार्तिक ३० गते निर्वाचन क्षेत्रलाइ लक्षित गरी नेपाल कम्युनिस्ट पार्टी एमालेले बिशाल चुनावी सभा आयोजना गर्ने भएको छ । सुनसरी क्षेत्र नं ४ लाइ लक्षित गरी आयोजना गरिने सभालाइ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली  लगायत सुनसरीका ४ वटै क्षेत्रका एमाले उम्मेद्वारहरूले  सम्बोधन गर्ने बताइएको छ ।

 चुनाबी सभामा २५ हजार भन्दा बढी एमाले समर्थकहरूको उपस्थिती रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । जनता समाजवादी पार्टीसंग तालमेल गरी चुनावी मैदानमा होमिएका एमाले उम्मेद्वारहरूलाइ जिताउन सो क्षेत्रमा बिशाल चुनावीसभा गर्न लागिएको हो ।

  आसन्न निर्वाचनमा नेकपा एमालेसंग तालमेल गरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाइ पनि निमन्त्रणा गरिएको तर उनी आउने नआउने हालसम्म निस्चित भने नभएको नेकपा एमालेकी केन्द्रीय सदस्य तथा  निर्वाचन परिचालन कमिटी सुनसरीको संयोजक लक्ष्मी गौतमले बताइन । कार्यक्रममा सुनसरीका चारवटै क्षेत्रबाट एमालेका उम्मेद्वारहरूको उपस्थिती रहने बताइएको छ ।

 कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भने बिशेष सम्बोधन रहने जनाइएको छ । सुनसरीको क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका केन्द्रिय सदस्य जगदिश कुशसयत र प्रदेश सभा तर्फ जसपाबाट पर्शुराम बस्नेत उम्मेद्वार रहेका छन भने ४ को ख मा प्रदेशसभामा एमालेकै अब्बास अन्सारी रहेका छन ।

चारवटै निर्वाचन क्षेत्रमा स्थानिय ब्याक्तित्व जसले आफ्नो क्षेत्रको बासिन्दाहरूको पिर मार्का बुझेको , प्रत्येक दिन जनतासंगै रहने , जनताले जतिबेला चाहे त्यतिबेलै भेटन सकिने सबैको लोकप्रिय नेताहरू रहेका कारण यो पटकको निर्वाचनमा फराकिलो मतान्तरले जित हाशिल गर्ने दाबी गरिएको छ ।

Comments

सम्बन्धित खवर