•  १० मंसिर २०८१, सोमबार
  •  9:26:35 PM

सुनिल शर्माको पहलमा छोरालाई पढाएर नेपालकै पहिलो सन्थाल डाक्टरकी आमा बनेकी देवीकुमारी

- कार्तिक २७, २०७९ मा प्रकाशित



पथरी । मोरङको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेद्वारी दिएका डा. सुनिल शर्माले सीमान्तकृत समुदाय र बस्तीका बासिन्दालाई निःशुल्क मेडिकल शिक्षा दिएका छन् । उनले आफ्नो वा अर्काको निर्वाचन क्षेत्र नसोधी तथा राजनीतिक आस्था नसोधी काम गर्ने गरेको मतदाता बताउँछन् ।

 मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ अमरदह डा. शर्माको निर्वाचन क्षेत्र होइन । तर, शर्माले अमरदहको सन्थाल समुदायका युवालाई मेडिकल शिक्षा अध्ययन गर्ने अवसर दिएका छन् । शर्माको सो अवसरका कारण सन्थाल समुदायमा नेपालकै पहिलो डाक्टर भएका छन् दिनेश ।

 ५१ वर्षीया देवीकुमारी हास्दा घरायसी काम गर्छिन् । ३ कट्ठा ऐलानी जग्गामा टिनले छाएको सानो घरमा बस्ने उनलाई घर छेउमै रहेको गोठमा भएका गाई र बाख्रालाई घाँसापत गर्दैैै बित्ने गर्छ ।  उनै देवीकुमारीका जेठा छोरा दिनेश नोेबेल अस्पतालमा विराटनगरमा डाक्टर छन् । दुई छाक खान धौधौ हुने परिवारको छोरो डाक्टर बन्ला भन्ने आफूले कहिल्यै नसोचेको देवीकुमारी बताउँछिन् । तर, नोबेल अस्पतालका सञ्चालक शर्माको कमलो मन कारण दिनेश डाक्टर बनेर निस्किए । जसको गुन देवीकुमारीको परिवारले कहिल्यै बिर्सिने छैन ।

गाउँका २ जना युवाले दिनेश र डा. शर्माबीचको भेटको तारतम्य मिलाएका थिए । सोही भेटपछि देवीकुमारीको परिवार डाक्टरको परिवार भएको हो । ३ छोरा र १ छोरीकी आमा देवीकुमारीले दिनेशको पढाइ खर्चमा कुनै पनि शुल्कबापत रकम तिर्नुनपरेको बताइन् ।

Comments

सम्बन्धित खवर