घरदैलोमा भोट माग्न ब्यस्त गच्छदार : एमाले उम्मेद्वारलाइ झुटको खेती नगर्न आग्रह
- कार्तिक २१, २०७९ मा प्रकाशित
इटहरी । सुनसरी क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य उम्मेद्वार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री बिजय कुमार गच्छदार मतदाताहरूमाझ बिभिन्न एजेन्डाहरू बोकेर घरदैलो अभीयानमा ब्यस्त देखिनुभएको छ । सुनसरीको इटहरी उपमहानगरमा वडा नं ६ मा सोमबार आयोजित सभालाइ सम्बोधन गर्नुहुदै नेता गच्छदारले नेपाली कांग्रेस सर्वहारा जनताको पार्टी भएकोले यहा उठाइएका समस्याका मुद्धाहरू हल गर्ने तर्फ सदैव कटिवद्ध रहेको बताउनुभयो ।
उहाले नेकपा एमालेका उम्मेद्वारहरूलाइ आफ्नो बारेमा झुटो प्रचार गरी मतदाताहरूलाइ प्रभावित बनाउने काम गरिरहेकोले त्यस्तो नगर्न आग्रह गर्नुभयो । आफू पटक पटक मन्त्री हुदा सुनसरी क्षेत्र नं ३ मा बिकाशको मुल फुटाएको र त्यहाको जनताले भोट दिएर पुन ७४ को निर्वाचनमा जिताएर पठाएको बताउदै यो पटकको निर्वाचनमा पनि जनताले आफ्नो अमुल्य मत दिएर जिताउनेमा बिश्वस्त रहेको बताउनुभयो ।
भौतिक पूर्वाधार मन्त्री हुदै आफुले इटहरिको बिकाशको निमित्त महत्वपुर्ण भुमिका निर्वाह गरेको उहाको भनाइ थियो । सोही चुनाबी सभामा बोल्दै लोकतान्त्रीक बाम गठबन्धनबाट प्रदेश सभा सदस्यकि साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रकि नेतृ तथा प्रदेश एककी पुर्व उपसभामुख सरस्वती पोख्रेलले समग्र इटहरी बिकाशका लागि प्रदेश सरकार लगायत आफुले महत्वपुर्णण भुमिका खेलेको बताइन ।
उनले इटहरीमा ट्राफिक लाइट जडान , क्षेत्रीय रंगशाला निर्माण , इटहरीलाइ डुबानमुक्त बनाउन बिभिन्न योजनाहरू बनाइएको र चुनाब लगत्तै काम अघी बढाइने जस्ता बक्तब्य राखिन । यसै वर्ष मात्र आफ्नो सकृियतामा इटहरीको बिकाशकालागि प्रदेश सरकारबाट रू ७५ लाख बजेट बिनियोजन भइसकेको पनि उम्मेद्वार पोख्रेलले बताइन ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments