•  १० मंसिर २०८१, सोमबार
  •  11:11:35 PM

सुनसरी २ ख : कांग्रेसका राजिव काेइराला चर्चामा , जनतामाझ लाेकप्रीय नेता

- कार्तिक १९, २०७९ मा प्रकाशित



  सुनसरी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२(ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार राजीव कोइराला शक्तिशाली बन्दै गएको पाइएको छ । २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका कोइराला यसपटकको निर्वाचनमा पनि जनतामामm उभिएकोले उनको चर्चा व्यापक चलिरहेको छ ।

लोकतान्त्रिक बाम गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर–२ मा पुनः प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेपछि कोइराला शक्तिशाली उम्मेदवारका रुपमा देखिएको छ । नेपाली कांग्रेस सुनसरीको दुई पटक सभापति पदका जिम्मेवारी सम्हाल्नु भएका नेता कोइरालाको व्यक्तिगत छविका कारण सर्वसाधारणहरु उनलाई रुचाउने गरेका छन् । कोइराला प्रतिनिधिसभा सदस्य पदका आकांक्षी रहेपनि नेपाली कांग्रेसले उनलाई प्रदेशसभा सदस्य पदमा टिकट दिएपछि उनले पार्टीको निर्णयलाई आत्मसाथ गरेपछि अहिले उनको क्षेत्रमा झन लोकप्रियता बढेको छ ।

२०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर–२ बाट कोइराला निर्वाचित भएका कोइराला यसपटक पनि प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेर जनताको घरदैलोमा पुग्ने गरेका छन् । पाँच वर्षे कार्यकालमा भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा जनभावना अनुसार विकास निर्माण र नीती निर्माण गर्ने पक्षमा आपूm सदैव कठिवद्ध रहने कोइरालाको भनाई छ ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट टिकट नपाएपछि नेकपा एमालेको तर्फबाट टिकट पाएका रामप्रसाद मेहता कोइरालासँग पराजित भएका थिए । आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा पनि नेकपा एमाले–जसपा गठवबन्धनको तर्फबाट नेकपा एमालेका रामप्रसाद मेहता पनि पुनः दोश्रो पटक पनि कोइरालासँग प्रतिस्पर्धा गर्न चुनावी मैदानमा मेहता उत्रिएपछि अहिले कोइराला शक्तिशाली उम्मेदवारका रुपमा देखिएको मतदाताहरुको बुझाई छ ।

यसपटकको निर्वाचनमा पुनः २०७४ सालको उम्मेदवारले नै दोहो¥याएपछि सुनसरी–२ का मतदाताहरुले कोइरालाको पक्षमा माहोल तातिएकोले जित सुनिश्चित हुने आम जनताको बुझाई छ । सुनसरीको दक्षिणभेगका मतदाताहरुको मनमस्तिष्कमा बस्न सफल भएका नेता कोइरालालाई सबैले आ–आप्mनो ठाउँबाट सहयोग गरि बिजयी बनाउने मतदाताहरुको भनाई छ ।

Comments

सम्बन्धित खवर