•  १० मंसिर २०८१, सोमबार
  •  12:19:55 AM

माेरङ – ३ : गरीबको घाउमा मलम लगाउँदै डा. सुनिल शर्मा

- कार्तिक १९, २०७९ मा प्रकाशित



इटहरी । देशभर चुनावी माहाेल तातिरहेकाे बेला प्रदेश एकमा पनि बिभिन्न दलका उम्मेद्वारहरूले मतदाताहरूलाइ अाफ्नाे पक्षमा पार्न बिकाशका याेजना देखि उपयाेगी एजेण्डाहरू सुनाउदै घरदैलाे अभियानलाइ तिब्रता दिइरहेका छन । यसै सन्दर्भमा मारङ क्षेत्र नं ३ मा पनि प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनकाे माहाेल सरगर्मी त्यतीकै बढेकाे छ ।

मोरङको क्षेत्र नम्बर ३ का नेपाली कांग्रेस तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माको दैनिकी भने फरक छ । चुनावी प्रचारप्रसारलाई थाती राखेर उहाँ गरीब बिरामीको उद्धार तथा उपचार सेवा प्रवाहको कार्यमा डटेर लाग्नुभएको छ ।

डा. शर्माकै पहलमा मोरङकै बेलबारी नगरपालिकास्थित डाँगीहाट घर भएका विष्णुबहादुर बानियाँले नयाँ जीवन पाउनुभएको छ । आन्द्राको जटिल समस्याबाट ग्रस्त बानियाँ उपचार खर्चको अभावमा घरमै मृत्युसँग लडिरहेकोमा डा.शर्माले उहाँको निःशुल्क उपचारको प्रबन्ध गरिदिनुभएको हो ।

डा. शर्माले बानियाँको घरमै पुगेर एम्बुलेन्समा राखी उहाँलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल पुर्याउनुभएको हो । नोबेल डा.शर्माकै स्वामित्वमा रहेको अस्पताल हो । डा.शर्माले बानियाँको निःशुल्क शल्यकृयाको व्यवस्थाका साथै निःशुल्क औषधि उपलब्ध गराइदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।

आगामी मंसिर ४ गते देशैभर एकै चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ डा.शर्मालाई नेपाली कांंग्रेसको नेतृत्वमा रहेको संयुक्त गठबन्धनले साझा उम्मेदवार बनाएको हो ।

Comments

सम्बन्धित खवर