•  १० मंसिर २०८१, सोमबार
  •  11:46:35 PM

एमाले नेता भण्डारीकाे चाैतर्फी चर्चा : बुवाको मृत्युपछि पाउनुपर्ने साढे ५ लाख रुपैँया गरिदिए मिनाहा

- आश्विन २५, २०७९ मा प्रकाशित



इटहरी । नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने रकम मिनाहा गरिएको छ। अध्यक्ष भण्डारीले इटहरी ५ जनता बस्तीमा एक कार्यक्रम गरेर सो रकम मिनाहा गरिदिनुभएको हो।

सुनसरी क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार समेत रहनुभएका भण्डारीले बुवाको दुर्घटना पश्चात कानुनी रुपमा पाउनुपर्ने क्षतिपुर्ति वापतको ५लाख ६०हजार रुपैँया मिनाहा गरिदिनुभएको हो।

करिव एक महिना अगाडि इटहरी ८ मा नेकपा एमाले सुनसरीका अध्यक्ष रेवती भण्डारीका बुवा उमानाथ भण्डारीको सिटि सफारीको ठक्करबाट मृत्यु भएको थियो। सफारी चालक ५२बर्षीय छबिलाल सरदारको आर्थिक अवस्था दयनीय भएका कारण सो रकम मिनाहा गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो।

यती मात्र नभइ अध्यक्ष भण्डारीले साह्राे गाह्राे परेकाे बेला जस्ताे सुकै सहयाेग गर्ने प्रतिवद्धता पनि जाहेर गर्नुभएकाे छ । 

Comments

सम्बन्धित खवर