•  १० मंसिर २०८१, सोमबार
  •  11:38:20 PM

भगवती चौधरीको चुनाबी गीत सार्वजनिकः सुनसरीलाई विकासको राजधानी बनाउने लक्ष्य

- आश्विन २३, २०७९ मा प्रकाशित



इटहरी । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनकी उम्मेदवार नेकपा एमालेकी प्रभावशाली नेतृ भगवती चौधरीको चुनाबी गीत सार्वजनिक गरिएको छ । सुजता केसीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा आत्मनिर्भर, महिला सशक्तिकरण र समृद्ध नेपाल सुखी नेपालीका एजेण्डाहरु समावेश गरीएको छ । ‘

सूर्य चिन्ह हाम्रै हो अरु भन्दा राम्रो हो’ भन्ने बोलको गीत राजयोग शर्माले रचेका हुन् । गीतमा सुनसरीलाई विकासको राजधानी बनाउने, कुशासनलाई फालेर जनादेशको नयाँ पाइला चाली सिंगो देशले जित्ने गरी एमालेलाई जिताउन आव्हान गरिएको छ ।

नेपाल आइडल विजेता गायक रवि ओढ तथा गायिका मुना अर्यालको सुमधुर स्वरमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन सागरबाबु भट्टले गरेका छन् । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा सजिएको गीतको भिडियो सुनसरी क्षेत्र नं. ३ को पर्यटकीय क्षेत्र बर्जुताल, गढदेव बुद्ध, इटहरीका वस्ती तथा दुहवीका स्थानीय क्षेत्रहरु समेटिएका छन् ।

म्युजिक भिडियोका निर्देशक सागरबाबु भट्टले नेकपा एमालेकी नेतृ भगवती चौधरीको महिला सशक्तिकरण, युवा स्वरोजगार, उद्यमशीलताका क्षेत्रमा अनुकरणीय योगदान रहेको चर्चा गर्दै राजनीतिमा पनि चौधरीलाई जिताएर पठाए सुनसरी क्षेत्र नं. ३ का जनताले साँच्चैको परिवर्तनको आभाष पाउने बताए ।

‘सुनसरी क्षेत्र नं. ३ को आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक अवस्थाको अध्ययन गरेर म्युजिक भिडियो तयार पारेका छौं । नेतृ भगवती चौधरीले अगाडी सार्नु भएका एजेण्डाले यो क्षेत्रको विकास हुन्छ भन्ने देखाउने कोशिष गरिएको छ ।’ निर्देशक भट्टले भने ।

Comments

सम्बन्धित खवर