दशैंको टीका लगाउन मामाघर जाँदै गर्दा कारको ठक्करबाट एमाले नेतृ चौधरीको मृत्यु
- आश्विन २०, २०७९ मा प्रकाशित
रूपन्देही । सवारी दुर्घटनामा परी नेकपा एमाले रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधईमा स्कुटर दुर्घटनामा परी उनको मृत्यु भएको हो । लु ४१ प ९८७ नम्बरको स्कुटरमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् ।
उपचारका लागि भीम अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरीकार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता श्यामु अर्यालले बताए । चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ की वडा सचिव हुन् भने अनेरास्ववियु जिल्ला कमिटी सहसचिव पनि हुन् । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका ६ मा सर्वसम्मत रुपमा सचिवमा चयन भएकी थिइन् । तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी परिवारसहित लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा बस्दै आएकी थिइन् । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा दुर्घटनामा परी चौधरीको मृत्यु भएको एमाले जिल्ला कमिटी सदस्य सन्दीप गुप्ताले बताए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments