सरकारद्वारा दर्जन बढी सीडीओको सरुवा, कुन जिल्लामा कसकाे इन्ट्रि ? सुचि सहित
- भाद्र २२, २०७९ मा प्रकाशित
काठमाडौं । गृह मन्त्रालयले दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओे) को सरुवा गरेको छ । मन्त्रालयले काठमाडौँ, ललितपुर, कास्की, जुम्ला, दैलेख, बाँके, सप्तरीसहितका जिल्लाका सीडीओको सरुवा गरेको हो ।
मन्त्रालयले काठमाडौँका सीडीओमा ललितपुरका सीडीओ घनश्याम उपाध्यायलाई ल्याएको छ । काठमाडौँका सीडीओ गोविन्द रिजाल गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएका छन् । ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको सरुवा भएको छ । कास्कीको सीडीओमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसी बनेका छन् । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईृरण्लाई मन्त्रालय तान्दै त्यहाँ मुकेशकुमार केसरी पठाइएको छ । यस्तै, दैलेख जिल्ला प्रशासनको जिम्मेवारी गोगन बहादुर हमाललाई दिइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायकमा पठाइएको छ ।
यस्तै बाँकेका सहायक टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा, पाँचथर सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा गणेश गैरेलाई सरुवा गरिएको छ । यसैगरी सङ्खुवासभाका प्रजिअ नुरहरि खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्तरीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभामा सरुवा गरिएको बताइएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments