•  १० मंसिर २०८१, सोमबार
  •  3:26:00 AM

तीन जना ‘बा’ हरुलाई विदा नगरी मुलुक बन्दैन : अध्यक्ष लामिछाने

- भाद्र ११, २०७९ मा प्रकाशित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब राजनीतिबाट विदा गर्नुपर्ने बताएका छन् । उनले ‘बा’ भएका तीन जनालाई सम्मानसहित विदा गर्नुपर्ने बताएका हुन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित सभामा उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन साह) डोजर लिएर निस्किसके ।’

राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै उनले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको लामिछानेले बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको बताए ।

Comments

सम्बन्धित खवर