कर्मचारीको तलब विवाद समाधान गर्न उच्चस्तरीय अध्ययन समिति गठन
- भाद्र ७, २०७९ मा प्रकाशित
काठमाडाैं । सरकारले निजामतीसहितका समान पदका कर्मचारीको तलब एउटै बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिका सदस्यहरूको नाम भने सार्वजनिक गरिएको छैन । यो समितिले निजामती, प्रहरीलगायतमा एकै पदका कर्मचारीको तलब एउटै बनाउन वा अन्य विकल्पबारे सिफारिस गर्ने बताइएको छ ।सरकारले चालू आवमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो ।
तर, संसद्लाई छलेर सरकारले अधिकृत, उपसचिव, सहसचिव तथा सचिवको तलब १८ देखि २४ प्रतिशत बढाउन खोजेपछि तल्लो तहका कर्मचारी आन्दोलित भएका थिए । तर, समान पदका निजामती कर्मचारीभन्दा प्रहरीको तलब बढी रहने गरेको भन्दै उपल्लो तहका कर्मचारी असन्तुष्ट व्यक्त गरिरहेका वेला सरकारले समाधानको बाटो खोलेको हो ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments