•  १० मंसिर २०८१, सोमबार
  •  3:34:52 AM

इटहरीमा आकाशे पुल , बजेट बिनीयाेजन भैसक्याे , हाम्रै पालामा काम सुरू : उपसभामुख पाेख्रेल

- श्रावण ३, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीमा प्रदेश एक सरकारले आकासे पुलको अवधारणा अघी बढाइसकेको उपसभामुख सरस्वती पोख्रेलले बताइन । स्मार्ट ट्राफिक लाइट समुदघाटन समारोहलाइ समबोधन गर्दै लामो समयदेखि इटहरी वासिले प्रतिक्षा गरेको आकाशे पुल निर्माणलाइ प्रदेश एक सरकारले बिशेष प्राथमिकतामा राखेको उनले बताइन ।

हालै सार्वजनिक भएको प्रदेश सरकारको बजेट तथा नीति कार्याक्रममा इटहरिको आकाशे पुललाइ प्राथमिकता दिइएको र आफ्नै पालामा काम समेत सुरू भइसक्ने उपसभामुख पोख्रेलको प्रतिवद्धता छ ।

प्रदेश एक सरकारले इटहरीको मुख्य चौकको नक्साङन गरी आकाशे पुलको योजनालाइ प्राथमिकता दिएर अघाडी बढेको उपसभामुख पोख्रेलले बताइन । यसै वर्षको रातो किताबमा समेत परिसकेकोले अब एक बन्छ २ बन्छ , इटहरीमा आकाशे पुल बन्छ बन्छ उपसभामुख पोख्रेलले भनिन ।

पुल निर्माणकालागि प्रदेश सरकारले बजेट समेत बिनीयोजन गरिसकेको तर यति उति भनेर उल्लेख भने उनले गरिनन । त्यस्तै वर्षौदेखि इटहरीवासीले भोग्दै आएको डुवानको समस्या सामधान तर्फ पनि प्रदेश सरकार तत्पर लागि परेको उपसभामुख पोख्रेलले बताइन ।

इटहरीमा प्रदेश एकका मुख्य मन्त्री राजेन्द्र राइले मंगलबार स्मार्ट ट्राफिक लाइटको औपचारिक समुदघाटन गरेका छन । उनले लाइटको स्विच अन गरेर उदघाटन गरेसंगै इटहरीमा स्मार्ट ट्राफिक लाइट मंगलबादेखि सञ्चालनमा आएको हो । 

Comments

सम्बन्धित खवर