•  १० मंसिर २०८१, सोमबार
  •  4:05:47 AM

प्रदेश १ नामाकरणकालागि सर्वदलीय बैठक आह्वान : सुचीबाट काेशी र सप्तकाेशी दुइटै बाहिरियाे : दलहरूकाे राेजाइमा बिराट , बिजयपुर र सगरमाथा

- श्रावण ३, २०७९ मा प्रकाशित



इटहरी । प्रदेश–१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन । दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा बसेपछि सहमतिका लागि सभामुख भण्डारीले बैठक बाेलाएका हुन ।  

सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।त्यस्तै बजेट पारित भएसँगै स्थागित भएको प्रदेशसभा बैठक यहि साउन ८ गते दिउँसो १ बजेका लागि बोलइएको सचिव पराजुलीले बताए।  

यसैबीच प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेको छ ।घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएको आयोजकले जानकारी दिएका छन् । उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् ।

  प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टंगो नाग्दा दिनहुँजसो दवावमूलक आन्दोलन भइरहेका छन् । यस अघि दलहरूबिच बसेकाे प्रदेशकाे नामाकरण गर्ने बैठकमा एमाले , कांग्रेसले काेशि वा सप्तकाेशी प्रदेश राख्न सुझाव दिएका थिए । तर सहमति जुटन नसकेपछि यि दुवै नाम लिस्टबाट आउट भएकाे छ ।

  सर्वदलीय बैठकले काेशि नभए बिजयपुर , सगरमाथा , बिराट प्रदेशकाे चर्चा चलाएका छन । एमाले र कांग्रेसले काेशी र सप्तकाेशि नामाकरण गर्न दबाब दिदै आएकाेमा दुवै नाममा बहुमत पुग्न नसक्दा चर्चामा बिराट , बिजयपुर र सगरमाथा आएका हुन । 

Comments

सम्बन्धित खवर