•  १० मंसिर २०८१, सोमबार
  •  5:37:13 AM

इटहरी मधेसी ब्यापारी समाजमा प्रकाश महताे र लक्षमण शाह : उवासंघ इटहरीकाे निर्वाचनमा पहिलाे पटक मधेसी समुदायबाट महिलाकाे उम्मेद्वारी

- असार ३२, २०७९ मा प्रकाशित



 इटहरी । नेपाली मधेसी समाजको सकिृयतामा इटहरी उपमहानगर क्षेत्रमा मधेसी व्यापारी समाज गठन गरिएको छ । मधेसी ब्यवसायीहरूको हक हित संरक्षण र अधिकारका निमित्त शनीबार सो माज गठन गरिएको हो । गठन गरिएको समितिमा इटहरीका युवा समाजसेवि तथा हिरा होटलका सञ्चालक प्रकाश महतो र इटहरीकै व्यवसायी लक्षमण शाह संयोजक रहेका छन भने ८ जना सदस्य रहेका छन । 

जसमा महिला सदस्य रूची शाह, सुरेन्द्र शाह , सन्तोष कुमार कर्ण,राकेश शाह , अकित झा लगायत रहेका छन । शनिबार एक औपचारीक कार्यक्रम बिच इटहरिमा मधेसी ब्यापारी समाज गठन गरिएको हो । इटहरी क्षेत्रमा रहेका मधेसी व्यवसायीहरूको अधिकार संरक्षणको निमित्त सो समिती गठन गरिउको जनाइएको छ । 


भेलाले आगामि भदौमा हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा मधेसी समुदायबाट पहिलो पटक महिलालाइ सदस्यको रूपमा उठाउने निर्णय समेत गरेको छ । उवासंघको निर्वाचनमा मधेशी समुदायबाट महिला सदस्य रूची शाहलाइ उम्मेद्वारी बनाएको इटहरीको इतिहासमा यो नै पहिलो रेकर्ड रहने हालै गठित मधेसी ब्यापारी समाज इटहरीका संयोजक प्रकाश महतोले बताए ।  रूची शाह मधेसी ब्यापारी समाज इटहरीकी सदस्य हुन । 

Comments

सम्बन्धित खवर