श्रीलंकाका राष्ट्रपति देश छोडेर भागे : सैनिक विमान चढेर मालदिभ्सको राजधानी माले पुगेकाे पुस्टी
- असार २९, २०७९ मा प्रकाशित
काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेका छन् । राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् ।
राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे मंगलबार राति मुलुक छोडेर भागेका हुन् ।
बीबीसीलगायत अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार राष्ट्रपति राजापाक्षे सैनिक विमान चढेर भागेका उनी मालदिभ्सको राजधानीमा मागे पुगेका छन् । राजापक्षे भागेसँगै श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापक्षे परिवारको शासन अन्त्य भएको बीबीसीले टिप्पणी गरेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments