कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, संस्थापन इतर समूहले मन्त्री हेरफेरको मुद्दा उठाउँदै
- असार २७, २०७९ मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका चुनावको समीक्षा र आसन्न चुनावको तयारीका सम्बन्धमा छलफल गर्न आज (सोमबार) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन् ।
बैठकमा शेखर कोइराला नेतृत्वको संस्थापन इतर पक्षले सरकारको काम, कारबाहीबारे गम्भीर समिक्षा गर्ने एजेण्डा तय गरेको छ । हिजो बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो । कोइराला पक्षले सरकारले ल्याएको बजेटमा पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
यस्तै पार्टी सभापति देउवाले पार्टीलाई विधिवत् रुपमा अघि बढाउन नसकेको कोइराला पक्षको आरोप छ । पार्टी सञ्चालनमा सभापति देउवाले एकलौटी गरेको भन्दै विरोध गर्दै आएको कोइराला समूहले यस पटकको केन्द्रीय समिति बैठकमा दबाब बढाउने भएकोे छ ।
कांग्रेसको संस्थापनइतर समूहले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री हेरफेरका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष शेरबहादुर देउवालाई दबाब दिने तयारी गरेको छ । सरकारका काम-कारबाहीप्रति असन्तुष्ट इतर समूहले पार्टीभित्रको शक्ति सन्तुलनअनुसार मन्त्री हेरफेर गर्नुपर्ने माग अगाडि सार्ने तयारी गरेको छ ।
१४औँ महाधिवेशनपछि ६ महिनामा गरिसक्नुपर्ने विधानबाट निर्देशित काम समेत सभापति देउवाले पूरा गर्न नसकेको कोइराला समूहको भनाइ छ । सभापति देउवाले सरकार सञ्चालनमा व्यस्त हुँदा विधानले गरेको कोषाध्यक्ष चयनदेखि सदस्यहरूको मनोनयन, विभाग गठन लगायत महत्वपूणर् सङ्गठन व्यवस्थापनका काममा समय दिन सकेका छैनन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments