•  ९ मंसिर २०८१, आईतवार
  •  11:43:46 AM

मणिपुर पहिराे अपडेट : मृतककाे संख्या ४८ पुग्याे : पहिराेमा धेरै जसाे सेनाका जवान पुरीए

- असार २१, २०७९ मा प्रकाशित



काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु भएको छ ।बेपत्ताको खोजी र उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरोमा परेर मारिएका अधिकांशमा प्रादेशिक सेनाका जवान छन् ।पहिरो गएको आज छैटौँ दिन पनि खोजी तथा उद्धार जारी छ । रेलवे लाइन निर्माण स्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मी पहिरोमा परेका थिए ।

राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवकसहित चारसयभन्दा बढी कर्मचारी उद्धारमा संलग्न छन् ।पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोका कारण खोलमा बाँधजस्तै संरचना निर्माण भएको छ ।

थुनिएको पानीले निकास पाएपछि तल्लो तटीइ क्षेत्र डुबानमा पर्ने सम्भावना रहेको जनाउँदै स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानान्तरणका लागि तयार रहन निर्देशन दिएको छ ।

Comments

सम्बन्धित खवर