•  ११ मंसिर २०८१, मंगलवार
  •  8:13:04 AM

१५ दिन भित्र इटहरीमा दुइ पटक बजार अनुगमन : सुध्रेनन व्यवसायी , कार्वाहिकाे सट्टा चेतावनी मात्रै

- असार १९, २०७९ मा प्रकाशित



 

इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ । दुइ साता अघि पनि यसरी नै बजार अनुगमन हुदा अधिकांस पसलहरूबाट म्याद गुज्रिएका , मुल्य सुचि नराखीएकाे , कुनैले ब्यवसाय दर्ता एवम नविकरण नै नगरी सञ्चालन गरेकाे पाइएकाे थियाे । त्यस बखत पनि व्यवसायीहरूलाइ एकपटक चेतावनी दिएर छाडिएकाे थियाे । 

अहिले पनि साेहि स्थानमा बजार अनुगमन गर्दा पुरानै व्यवहाेरा दाेहिरिदा पनि टाेलीले पुनःकार्वाहिकाे सट्टा सुध्रनुपर्छ भन्दै छाडिदिएकाे छ । अनुगमन टाेलिले इटहरीकाे हटियालाइनका किराना तथा खाद्यन्न पसलहरूमा अनुगमन गरेकाे थियाे ।     जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको हटिया लाईनका केही पसलहरुमा म्यादगुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको छ ।

   अनुगमनका क्रममा खाद्य पसलहरुमा विक्रीका लागि राखिएका केही सामानहरुको म्याद गुजिए्रको पाइएको र तत्काल जफत गरी नस्ट गरिएकाे खाद्य  प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमीरेले जानकारी दिए ।

 बजार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुका म्याद गुज्रिएको पाइएको वताउदै यस पटकलाई सचेत गराइएको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डे वताउछन । उनले कैफियत देखिएका पसलहरुमा फेरी अनुगमन गर्दा पनि म्याद गुज्रिएका सामाग्री राखेको साथै अन्य गल्ती गरेको पाइए कारवाही गरिने जानकारी गराए ।

   उपभोक्ताहरुलाई पनि सामान किन्दा म्याद गुज्रिएको छ छैन मिति हेरेर खरिद गर्न तथा बिक्रेताहरुलाई समेत उपभोग्य मिति हेरेर मात्र बेच्न आफुहरुले आग्रह गरिरहेको उपभोक्ता मञ्च नेपालका ढगेन्द्र आचार्यले वताए ।       इटहरी उपमहानगरपालिकाको समेतको सहभागितामा जिल्ला प्रशासन , घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता मञ्च नेपाल लगायतका सरोकारवालाहरुको समेत उपस्थितीमा बजार अनुगमन गर्ने क्रममा केही पसलहरुमा मसला , विस्कुट ,कन्फेल्स , मह  लगायतका वस्तुको म्याद गुज्रिएको पाइएको छ  ।

संयुक्त बजार अनुगमन टोलीले इटहरीमा खाद्यान पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य म्याद , व्यवसाय दर्ता , नविकरण, कर चुक्ता भए नभएको विषय पनि हेरिएको थियो ।  

Comments

सम्बन्धित खवर