वामदेवले पनि नयाँ पार्टी घाेषणा गर्दै : ६९ सदस्यीय केन्द्रीय कमिटी रहने, डिबी कार्कीलाइ सचिवकाे जिम्मेवारी
- असार १४, २०७९ मा प्रकाशित
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज (मंगलबार) नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो ३ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागिएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिएका छन् । नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहने छ ।
पार्टीको ६९ सदस्यीय केन्द्रीय कमिटी रहने पाण्डेले जानकारी दिएका छन् । पार्टीको संयोजकमा वामदेव रहने छन् । सचिवमा डिबी कार्की रहने जनाइएको छ । वामदेवको एकता अभियानमा निर्वाचनमा आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी दल र दर्ताको प्रक्रियामा रहेका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह सम्मिलित भएका छन् । यस्तै नयाँ पार्टीले तीन महिनासम्म एकता अभियान चलाउने बताइएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments