काँकडभिट्टा-पानीटंयाकी सीमानजिक रेल दुर्घटना : झापाका युवाको मृत्यु
- असार ३, २०७९ मा प्रकाशित
काकडभिट्टा । भारतमा रेल दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ। झापाको काँकडभिट्टा-पानीटंयाकी सीमानजिकै रेल दुर्घटनामा मेचीनगर नगरपालिका-६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।
बिहीबार बेलुका साढे ७ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारती प्रहरीले जनाएको छ। रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाको विषयमा खोरीबारी थानाले अनुसन्धान गरिरहेको छ भने नेपाली युवकको शव हाल भारतमै रहेको जनाइएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments