भोजपुरमा फोटोसहितको मतदाता नामावली सङ्कलन सुरू
- असार २, २०७९ मा प्रकाशित
भोजपुर । भोजपुर जिल्ला निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न थालेको छ । गत पुस २५ मा स्थगित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य निर्वाचन आयोगको कार्यक्रमअनुसार पुनः थालिएको हो ।
जिल्ला निर्वाचन अधिकारी टोपलाल भुसालका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र षडानन्द नगरपालिकाको दिङ्लास्थित केन्द्रमा रहेको इलाका प्रशासन कार्यालयबाट नयाँ मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको छ ।
‘पेसा–व्यवसायका कारण कुनै एक जिल्लामा बसोवास गरिरहेको तर स्थायी ठेगाना अन्य जिल्लामा रहेको भएपनि निर्वाचन कार्यालयबाट नामावली सङ्कलन गर्न सकिने छ,’ जिल्ला निर्वाचन अधिकारी भुसालले भने, ‘२०७३ माघ २० भन्दा अगाडि दर्ता भइ नागरिकतामा उल्लेखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावलीमा नाम भएका व्यक्तिले समेत नागरिकताका आधारमा विवरण सच्याउन पाउने छन् ।
मतदाता नामावलीमा झुटो विवरण पेस गरेको पाइएमा निजको नाम हटाउनसमेत कुनै पनि व्यक्तिले प्रमाणसहित जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिन सक्ने छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments