•  १० मंसिर २०८१, सोमबार
  •  5:28:16 AM

इटहरीमा किरातहरूकाे उभाैली पर्व : भवन शिलन्यास देखि नाचगान गरेर मनाइयाे

- जेष्ठ २८, २०७९ मा प्रकाशित



इटहरी । प्रकृति पुजक किराँत राई समुदायका मानिसहरुले बैशाख पुर्णिमा देखि एक महिना सम्म मनाउने महान पर्व उभौली सुनसरीको इटहरीमा विभिन्न कार्यक्रमका विच धुमधामका साथ मनाइको छ ।

   किराँत राई बान्तवा खिम केन्द्रीय कार्य समितिको आयोजनामा इटहरीमा बहुउद्धेश्यीय सास्कृतिक सग्रालय भवन शिलान्यास , साकेला सिली लगायतका जातिय नाच सहित धुमधामका साथ मनाइएको हो ।

   आदिमकाल देखि नै पुर्वी नेपालमा किराँत समुदायका सघन रुपमा वसोवास रहदै आएको छ ।  किराँत समुदायले मनाउने चाढपर्वहरुले पुर्वी नेपालको धार्मिक तथा सांस्कृतिक विविद्यतामा महत्व राख्दै आएको छ ।  प्रकृति पुजक किराँत समुदायका मानिसहरुले मान्ने महत्वपुर्ण चाड उभौली वाली लगाएपछि मनाउने गरिने किराँत राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँतीले वताए  ।

वालीनाली लगाउने समयमा मनाइने यो पर्वमा आगामी वालीनाली राम्रो होस परिवारमा सुखशान्ति र चोटपटक नलागोस भन्ने कामना सहित मनाउने गरिन्छ  । किराँत समुदायका मानिसहरुले यो पर्व कहीले देखि मनाउने थाले भन्ने एँकीन प्रमाण नभएपनि किराँत धर्मालम्वीहरुको उद्धघम काल देखिनै मनाउन थालेको विश्वास गरिन्छ । उभौलीको समयमा गर्मी  सुरु हुने भएकाले चराचुरुगी समेत गर्मी छल्न लेक तर्फ  वसाई सर्ने भएकाले उभौली भन्ने गरेको भनाइरहेको छ ।

त्यी विश्वास साथ किराँत समुदायका मानिसहरुले परापुर्वकाल देखि उभौली धुमधामका साथ मनाउदै आएका छन । केही वर्ष अगाडि देखि सामुहिक रुपमा भेला भएर साकेला सिली रम्दै किरात राइ समुदायका मानिसहरुले उभौली मनाउने गरेका छन । इटहरीमा आयोजना गरिएको कार्यक्रममा किराँत राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँतीको अध्यक्षता तथा प्रदेश नम्बर १ का पर्यटन तथा सस्कृति मन्त्री खिनु लिम्बुको प्रमुख आथित्यमा भएको थियो ।

कार्यक्रममा खोटागको जन्तेढुगां गाउपालिकाकी अध्यक्ष अरुणा देवी राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरी आदिवासी जनजाति पत्रकार संघ केन्द्रीय अध्यक्ष गजुरधन राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । 

Comments

सम्बन्धित खवर