पब्जी नखेल भनेर झपार्दा नाबालक छोराले गरे आमाको हत्या, जब शव गन्हाउन थाल्याे त्यसपछि…
- जेष्ठ २८, २०७९ मा प्रकाशित
एक छोराले आफ्नै आमाको दर्दनाक तरिकाले हत्या गरेका छन् । भारत, उत्तर प्रदेशको लखनउमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको हो ।त्यहाँ पब्जी मोबाइल गेमको लतमा परेका नाबालिग छोराले ४० वर्षीया आमा साधना सिंहको हत्या गर्दिएका हुन् । छोराले गोली हानेर आमाको हत्या गरेको खुलेको छ ।
हत्यारा छोराले दुई दिन तीन रात आमाको शव घरमै राखेका थिए । कान्छी बहिनीलाई प्रहरी वा अरु कसैलाई भने तिमीलाई पनि मार्छु भनेर धम्की दिएको कुरा खुल्यो ।
तर मंगलबार शवको दुर्गन्ध फैलिन थालेपछि उनले नयाँ नाटक बनाएर आमाको मृत्युबारे बुवालाई जानकारी गराए । जानकारीपछि छिमेकीले प्रहरीलाई खबर गरेका हुन् ।
घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । सोही क्रममा नाबालिग छोरालाई सोधपुछ गर्दा पूरै वास्तविकता बाहिर आयो । प्रहरीका अनुसार श्रीमान् आसनसोल (पश्चिम बङ्गाल) मा सेनामा सुभेदार मेजर (जेसीओ) पदमा तैनाथ छन् ।
छोरामार्फत उनले श्रीमतीको मृत्यु भएको खबर पाइसकेका छन् । उनी घर आउन बाटो लागेको प्रहरीले जानकारी दिएको छ । मूल रूपमा वाराणसीका नवीन सिंह केही वर्षदेखि सेनामा कार्यरत छन् ।उनको परिवार पीजीआईको पञ्चमखेडाको जमुनापुरम कोलोनीमा बस्दै आएके थियो ।
एडीसीपी पूर्वी कासिम अब्दीका अनुसार नवीनकी श्रीमती साधना सिंह, १६ वर्षीय छोरा र ९ वर्षीया छोरी त्यहाँ बस्दै आएका थिए । तीनै जना पीजीआईमा बनेको घरमा बस्थे । शनिबार राति साधना दुवै छोराछोरीसँगै कोठामा सुतेकी थिइन् ।सोही दिन छोराले बिहान करिब ३ बजे बुवाको लाइसेन्स भएको पेस्तोल निकालेर आमाको टाउकोमा गोली हानेका हुन् ।
साधनाको घटनास्थलमै मृत्यु भयो । घटनाबारे जानकार कान्छी बहिनीलाई प्रहरी वा अरु कसैलाई भन्यौ भने तिमीलाई पनि आमालाई जसरी मार्छु भनेर धम्की दिदैँ अर्को कोठामा लगे । आमालाई मारेपछि उनी बहिनीसँग अर्को कोठामा सुतेका थिए । बिहान उठेपछि उनले बहिनीलाई फेरि धम्की सम्झाए ।
प्रहरीका अनुसार शव राखिएको कोठामा रुम फ्रेसनर र डिओडोरेन्ट प्रयोग गरेर दुर्गन्ध हटाउने प्रयास गरिएको थियो । मंगलबार राति करिब ९ बजे दुर्गन्ध बढेपछि उनी डराउन थाले ।त्यसपछि शवमा केमिकल खन्याएर फाल्ने प्रयास गरेका थिए । केही सीप नलागेपछि आसनसोलमा तैनाथ बाबुलाई फोन गरेर आमाको कसैले हत्या गर्यो भन्दै जानकारी गराए ।
बहिनी र आफूलाई अर्को कोठामा बन्द गरेर आमाको हत्या भयो भन्ने झुटो कहानी बाबुलाई सुनाए । थुनेको कोठाबाट मुस्किकले बाहिर निस्केको कुरा पनि उनले भनेका थिए । त्यसपछि बुबा नवीन सिंहले छिमेकी दिनेश तिवारीलाई फोन गरेर घटनाबारे घरमा जानकारी गराएका हुन् ।
दिनेश नवीनको घर पुग्दा दुवै बालबालिका बरण्डामा थिए । सोधपुछ गर्दा कसैले आमाको हत्या गरेको बताए । दिनेश कोठामा गएपछि त्यहाँको दुर्गन्ध सहन सकेनन् । यसबारे उनले तुरुन्तै प्रहरीलाई खबर गरे । प्रहरीले घटनास्थलमा पुगेर दुवै बालबालिकालाई बाहिर निकाल्यो । प्रहरीले कोठा सिल गरेर शवको अनुसन्धान सुरु गरेको छ ।
एडीसीपी पूर्वका अनुसार साधनाको शव जुन बेडमा थियो, त्यहाँ नवीनको लाइसेन्स भएको पेस्तोल पनि थियो । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ । पेस्तोल फरेन्सिक युनिटलाई बुझाइएको छ । फरेन्सिक युनिटले घटनास्थलबाट धेरै प्रमाण संकलन गरेको छ । प्रहरीका अनुसार हत्या शनिबार राति भएको थियो ।
प्रहरीका अनुसार अनुसन्धानपछि प्रहरीले नवीनका नाबालक छोरासँग सोधपुछ गरेको थियो । अर्कोतिर छोरीसँग महिला प्रहरीले सोधपुछ गर्यो । त्यसक्रममा यो पूरै घटना बाहिर आयो । नाबालिग छोराले प्रहरीसमक्ष आफूले पब्जी खेल्ने गरेको स्वीकार गरेका छन् ।
सोही कारण आमाले उनलाई कुटपिट समेत गर्ने गर्थिन् । शनिबार घरमा रहेको भारु १० हजार रुपैयाँ हरायो । जसकारण आमा रिसाइन् । उक्त रुपैयाँ चोरेको आरोपमा आफूलाई कुटपिट गरेको नाबालक छोराले आरोप लगाए । बालकका अनुसार घरमा कुनै पनि गल्ती हुँदा सबै दोष उनलाई नै लगाउने गरिएको थियो । त्यसपछि आमाले कुटपिट पनि गर्ने गर्थिन् । सोही कुराको बदला लिन उनले आमाको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार नवीनका नाबालक छोरा तेलीबागको एपीएस स्कुलमा कक्षा १० मा पढ्छन् । उनलाई पब्जीको लत लागेको छ । यो कुरा थाहा पाएपछि आमाले उनलाई बेला–बेलामा झपार्ने गरेकी थिइन् । तर छोराले आमाको कुरालाई वास्ता गर्न छोडेका थिए । आमाले निकै रिस उठ्दा कुटपिट गर्थिन् ।
ती बालकलाई इन्स्टाग्रामको लत पनि लागेको थियो । उनले आफ्नो प्रोफाइलमा सबै कुराहरु राख्ने गर्थे । यी सबै कुराहरुको पुष्टि मोबाइलबाट नै भएको हो । प्रहरीले मोबाइल नियन्त्रणमा लिएको छ । अहिले प्रहरीले यस प्रकरणमा नाबालिग छोरासँग सोधपुछ गरिरहेको छ । छोरी बाबा आउला भनेर पर्खिरहेकी छिन् । किनकी उनलाई दाजुको डर छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments