अब पथरीशनिश्चरेका सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा
- जेष्ठ २५, २०७९ मा प्रकाशित
पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरमा नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यपालिकाको पहिलो बैठकले सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।नगर अस्पतालको सुत्केरी केन्द्रसम्म आउन र घर जानका लागि नगरका सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्सको ब्यबस्थापन गरिने निर्णय गरेको हो ।
नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षताको बैंठकले कार्यबिधि तयार गरि आर्थिक रूपले अति बिपन्न परिवारका लागि अबको नयाँ आर्थिक बर्षबाट नगरले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा संचालनको पनि निर्णय गरेको छ ।
हालसम्मको १२९ र चालू आर्थिक बर्षको १२ औं सो बैठकले कार्यबिधि तयार गरि अति विपन्न परिवारका लागि मृत्यु राहत कोष खडा गरिने समेत निर्णय गरेको नगर प्रमुख तुम्वापोले जानकारी गराएका थिए । यसैगरी, नगर उपप्रमुखको संयोजकत्व रहने स्थानीय राजस्व परामर्श समिति गठन गर्दै आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटको तयारीका सम्बन्धमा पनि छ्लफल उठान गरेको छ ।
बैंठक अघि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेद्प्रसाद गौतमले बढदो लागू औषध दुर्ब्यसनी रोकथामको उपायका बारेमा धारणा राख्नु भएको थियो । सब डिभिजन बन कार्यालय पथरी प्रमुख सुरेन्द्र कार्कीले बन संरक्षण र त्यस्को दिगो ब्यवस्थापनका कानूनी प्रावधान र स्थानीय निकायको भूमिका सहितका बारेमा पनि धारणा थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments