सुन्दरहरैँचाको प्रमुख र उपप्रमुख दुवै एमालेको पोल्टामा
- जेष्ठ ९, २०७९ मा प्रकाशित
इटहरी: गठबन्धनका उम्मेदवारसहित अन्य ७ जना उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेबाट उम्मेद्वार बनेकी अकली चौधरी सुन्दरहरैंचा नगरपालिकाको उपमेयर पदमा विजयी भएकी छिन् ।
चौधरीले २२४५२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार नवराज चापागाईँले ११३०० मत ल्याए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार सुमित्रा बस्नेतले २२४९ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार महेशकुमार आचार्यले १०२३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैँचाले जनाएको छ ।
स्वतन्त्र उम्मेदवार कमलादेवी अधिकारीले २९१, मंगोल नेशनल अर्गनाइजेशनकी सानी राईले १२०, विवेकशील साझाकी सन्ध्या दाहालले १११ र स्वतन्त्र उम्मेदवार मानबहादुर सार्कीले १ मत ल्याए । मेयर पदमा एमालेका केदारप्रसाद गुरागाईँ विजयी भएका छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments