धरानको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङको अग्रता यथावत
- जेष्ठ ४, २०७९ मा प्रकाशित
इटहरी: सुनसरीको धरान उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।
हालसम्म २८ हजार पाँच सय ८७ मतको गणना सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । हालसम्म स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ आठ हजार एक सय ४० मतका साथ अग्रस्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार किशोर राई आठ हजार एक सय २६ मतका साथ हर्कलाई पछ्याइरहेका छन् ।
यसैगरी, नेकपा एमालेकी उम्मेदवार तथा निवर्तमान मेयर मञ्जु भण्डारी ६ हजार सात सय १३ मतका साथ तेस्रो स्थानमा रहेकी छन् । उपमेयरतर्फ बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले नौ हजार एक सय ३६ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम इस्बो लिम्बुले आठ हजार पाँच सय ५१ मत प्राप्त गरेका छन् । हाल धरानको १२, १९, २० नम्बर वडाको मतगणना जारी रहेको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments