इटहरीको मेयरमा हेमकर्ण, उपमेयरमा सङ्गीताको अग्रता
- जेष्ठ ४, २०७९ मा प्रकाशित
इटहरी: सुनसरीको इटहरी उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेलले अग्रता कायम गरेका छन् ।
हालसम्म ३०,२४४ मतगणना हुँदा पौडेलले १३,७७९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यामकुमार सुब्बाको ११,५६५ मत प्राप्त भएको छ । उपमेयरमा भने नेकपा एमालेकी संगीता चौधरीको अग्रता कायमै छ ।
चौधरीको १२,९९४ मत प्राप्त हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार विष्टको ८,२०९ मत प्राप्त भएको छ । यस्तै, राप्रपाबाट मेयरका उम्मेदवार आकाश सुब्बाको १,३२० मत प्राप्त भएको छ भने उपमेयरमा राप्रपाबाट उम्मेदवार रहेकी वविता चौधरीको १,७५२ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments