•  ११ मंसिर २०८१, मंगलवार
  •  8:27:40 AM

इटहरी १९ मा कांग्रेसकाे दाेश्राे हार : ८९ भाेटले एमालेका श्रीनारायण वडाध्यक्षमा निर्वाचित

- जेष्ठ ३, २०७९ मा प्रकाशित



इटहरी । इटहरी उपमहानगरको २ वटा वडामा नेपाली कांग्रेसले बिजयी सुरूवात गर्दा नेकपा एमालेले इटहरी वडा नं १९ बाट खाता खोलेको छ । कांग्रेसले वडा नं १ र २० मा बिजयी हाशिल गरिरहदा नेकपा एमालेका श्री नारायण चौधरीले वडा नं १९ बाट  बिजयी सुरूवात गरेका हुन । स्थानिय निर्वाचन २०७४ मा पनि चौधरी सोहि वडाबाट फराकिलो मत सहित वडाध्यक्षमा निर्वाचित भएका थिए । 

उनि दोश्रो पटक सोहि वडामा निर्वाचित जनप्रतिनिधि हुन । चौधरीले प्रतिद्वन्दि नेपाली कांग्रेसका दुर्गा प्रशाद पौडेललाइ ८९ मतान्तरले पछि पार्दै वडा नं १९ मा बिजयीको खाता खोलेका हुन । ७४ काे सथानिय निर्वाचनमा पनि कांग्रेसबाट पाैडेल नै चुनावि मैदानमा उत्रिएका थिए । ७४ काे स्थानिय निर्वाचनमा चाैधरी संग ४ मतले पराजित बनेका पाैडेल यस पटक ८९ मतले पछि पर्दै पराजित बनेका हुन ।

निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी १९ मा नेकपा एमालेका  चौधरीले १,८८१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दि नेपाली कांग्रेसका पौडेलले १७९२ मत प्राप्त गरेका छन । वडा नं १९ मा एमालेका चौधरी सहित प्यानलनै बिजयी भएको हो । वडाध्यक्षमा दाेश्राे पटक निर्वाचित भएपछि चाैधरीले अब जनताकाे भावना अनुसार काम गरेर देखाउने प्रतिवद्धता ब्यक्त गरेका छन ।

Comments

सम्बन्धित खवर