इटहरीकाे २५ मतदानस्थलबाट ७३,८२३ मत खस्याे , कुन वडामा कति ?मत गणना कहिले ?
- बैशाख ३०, २०७९ मा प्रकाशित
इटहरी । शुक्रबार सम्पन्न स्थानिय तह निर्वाचन अन्तरगत सुनसरीको इटहरी उपमहानगरमा ७३,८२३मत खसेको छ । इटहरीको २० वटै वडामा रहेका २५ मतदानस्थलबाट शुक्रबार सो परिणामको मत खसेको हो । १ लाख ४ हजार ६२६ कुल मतदाता रहेको उपमहानगरमा ७३,८२३मतदाताहरूले मत खसालेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।
बिहानै देखि भेला भएका मतदाताहरूले चर्को घाममा पनि सम्बन्धित मतदानस्थलहरूबाट आफुले चुनेको उम्मेद्वारलाइ जिताउन मतदान गरेका थिए । इटहरीको २५ मतदान स्थलमा बिहान साडे ७ बजेबाट मतदान सुरू भइ साडे ६ बजे सम्पनन भएको थियो ।
इटहरीको २० वटै वडामा शान्तिपुर्ण ढंगले निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।सम्पन्न भएको मतदान अन्तरगत २५ वटा मतदानस्थलको १११ वटा मतदान केन्द्रबाट मत पेटिका सुरक्षित मतगणना स्थल सम्म ल्याइएको छ ।
मतगणना भने बैशाख ३१ गते शनिबार बिहान सर्वपक्षिय बैठक बसेर गरिने जनाइएको छ ।
कुन वडामा कति मत खस्यो
इटहरी १ जम्मा मतदाता संख्या : ४,१७७। खसेको मत : ३,०९१।
इटहरी २ जम्मा मतदाता संख्या : १०,५२६। खसेको मत : ७,१२३।
इटहरी ३ जम्मा मतदाता संख्या : ३,९४७। खसेको मत : २,९३१।
इटहरी ४ जम्मा मतदाता संख्या : ९,४७४। खसेको मत : ५,८२५।
इटहरी ५ जम्मा मतदाता संख्या : ११,०५२। खसेको मत : ७,१६३।
इटहरी ६ जम्मा मतदाता संख्या : ४,७६३। खसेको मत : ३,०४१।
इटहरी ७ जम्मा मतदाता संख्या : ३,२१७। खसेको मत : २,५०७।
इटहरी ८ जम्मा मतदाता संख्या : ५,६४३। खसेको मत : ४,०५०।
इटहरी ९ जम्मा मतदाता संख्या : ४,५९९। खसेको मत : ३,०७१।
इटहरी १० जम्मा मतदाता संख्या : ३,४६८ खसेको मत :२७६०।
इटहरी ११ जम्मा मतदाता संख्या : २९००। खसेको मत : २,२९०।
इटहरी १२ जम्मा मतदाता संख्या : १,९३७। खसेको मत : १,५१६।
इटहरी १३ जम्मा मतदाता संख्या : ४,३७२। खसेको मत : ३,५३७।
इटहरी १४ जम्मा मतदाता संख्या : ३,४९२। खसेको मत : २,७९७।
इटहरी १५ जम्मा मतदाता संख्या : २,०९५। खसेको मत : १,६७६।
इटहरी १६ जम्मा मतदाता संख्या : ५,३९१। खसेको मत : ४,२१८।
इटहरी १७ जम्मा मतदाता संख्या : ७,०२२। खसेको मत : ४,६५५।
इटहरी १८ जम्मा मतदाता संख्या : ३,४८४। खसेको मत : २,६५५।
इटहरी १९ जम्मा मतदाता संख्या : ५,७९५। खसेको मत : ४,००१।
इटहरी २० जम्मा मतदाता संख्या : ७,९७४। खसेको मत : ४,९१६।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments