मतदाताको मतपत्रमा आफैँले छाप लगाएपछि मतदान अधिकृत पक्राउ
- बैशाख ३०, २०७९ मा प्रकाशित
इटहरीः स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि मतदाताले प्रयोग गर्ने मतपत्रमा आफैँले स्वस्तिक छाप लगाएको आरोपमा सर्लाहीको बलरा नगरपालिकाका मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मतदान अधिकृत राजकिरशोर साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोेख्रेलले बताए । उनका अनुसार मतदान अधिकृत साह रुख चिन्हमा आफूखुसी मतदान गर्दागर्दै पक्राउ परेका हुन् । मतदान अधिकृत अधिकृत पक्राउ परेपछि केहीबेर स्थगित भएको मतदान पुनः सुचारु भएको छ ।
यता, सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भने साहले आफैँ मतदान नगरेको दाबी गरेका छन् । रुख छापमा नै मतदान गर्न भनेर मतदातालाई सिकाइरहेको आरोप लागेपछि त्यहाँ विवाद उत्पन्न भएको उनको जिकिर छ । प्रहरीले साहलाई पक्राउ गरेको नभई सुरक्षा दिएको बताउँदै उनले घटनाका विषयमा निर्वाचन आयोगले आन्तरिक छानबिन गर्ने उल्लेख गरे ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments