एमाले सचिब मध्यरातचमा पैसा बाेकेर गाउँ छिरेपछि पाँचथरमा झडप
- बैशाख २९, २०७९ मा प्रकाशित
पााँचथर । स्थानीय निर्वाचनको मौन अवधिमा पाँचथरको जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख तथा नेकपा एमालेका जिल्ला सचिब विष्णुप्रसाद सापकोटा बुधबार मध्यरातमा गाउँ छिरेपछि झडप भएको छ ।
मतदाता प्रभावित पार्नेगरि पैसा बाढ्दै हिडेको र कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोपमा पाँचथरको हिलिहाङमा झडप भएको हो ।
एमालेका सचिब सापकोटासहितका कार्यकर्ताहक्रु २३ वटा मोटरसाइकलमा हिलिहाङ गाउँपालिका ६ मा राति पुगेका थिए । पैसा बाड्दैगर्दा गठबन्धका कार्यकर्ताले भेटेपछि दोहोरो झडप भएको थियो ।
ए राती चुनाबी प्रचारमा एमाले जिल्ला सचिव तथा निबर्तमान जिल्ला समन्वय समिति पाँचथरका प्रमूख बिष्णुप्रसाद सापकोटासहितको टोली गाँउ छिरेपछि कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताले पिछा गर्ने क्रममा झडप भएको हो ।
सापकोटाले भने घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । उनले आरोप अस्विकार गरेपनि रातिको घटनाम उनी सहभागी रहेको भिडियो नै सार्वजनिक भएको छ ।
एमालेले गोपेटार र पञ्चमीबाट शिक्षकका मोटरसाइकल प्रयोग गरेर मौन अवधिमा गतिबिधी देखाएको स्थानीय नरेन्द्र कटुवालले बताएका छन् । भारपामा भएको झडपका क्रममा केहि मोटरसाइकलमा तोडफोड भएको र बिहान मात्र स्थिति साम्य भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments