•  १० मंसिर २०८१, सोमबार
  •  4:10:00 AM

ओलीलाइ गाली गरेरै सकियाे गठवन्धनकाे चुनावि सभा : बैशाख ३० पछि ओलीकाे चुरीफुरी सकिन्छ : खनाल

- बैशाख २६, २०७९ मा प्रकाशित



तेज बन 

 इटहरी । सुनसरीकाे इटहरीमा आइतबार ५ दलिय लाेकतान्त्रीक गठबन्धनले बिशेष चुनावि सभा सम्पन्न गरेकाे छ । नेपाली कांग्रेस इटहरी उपमहानगरका कार्यवाहक अध्यक्ष काेविदजंग कार्किकाे सभापतित्वमा सम्पन्न  चुनावि सभामा प्रमुख अतिथी नेकपा एकिकृत समाजवादिका वरिष्ठ नेता तथा  पुर्व प्रधानमन्त्री झलनाथ खनालले  आगामी बैशाख ३० गतेकाे स्थानिय निर्वाचन पछि ओलीकाे गुट सकिने बताए । 

उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीलाइ अहंकारी साशककाे संज्ञा दिदै उनकाे घमण्ड ताेडनकै लागि स्थानिय निर्वाचन आवस्यक रहेकाे बताए ।नेता खनालले बैशाख ३०काे निर्वाचन पछि देशभर लाेकतान्त्रीक गठबन्धनका उम्मेद्वारहरू भारी मतले बिजयी हुने दावि  गरे । 

इटहरीमा पनि गठबन्धनका उम्मेद्वारहरू भारी मतले बिजयी हुने नेता खनालकाे दाबि छ । नेता खनालले इटहरीकाे समुन्नत बिकाश र समृद्धिकालागि नगरवासिहरू आफैले गठबन्धनलाइ जिताउदै ३० वर्षदेखि साशन गर्दै आएकाे ओलीकाे गुटलाइ समाप्त बनाउनेमा बिश्वस्त रहेकाे बताए । 

त्यस्तै सभाका अर्का बिशिस्ट अतिथि एवम नेपाली कांग्रेसका प्रखर बक्ता विश्वप्रकास शर्माले पाँच दलिय गठबन्धनलाइ सुन र नेकपा एमालेलाइ आलुकाे संज्ञा दिदै सुनसंग आलुले जाेरि खाेज्न नमिल्ने बताए । उनले अहिले बनेकाे गठबन्धन चुनाव जित्नलाइ मात्र नभइ राष्ट्रकाे बिकाश र मुलुकमा दिगाे शान्ति स्थापनाका निमित्त बनेकाे बताए । 

इटहरीकाे हकमा सम्भावनै सम्भावना बाेकेकाे शहर भएपनि गलत मान्छेले नेतृत्व पाउदा नगरवासिहरूले भनेजस्ताे बिकाशका कामहरू अनुभव गर्न नपाएकाे बताउदै नेता शर्माले बैशाख ३० मा हुने निैवाचनमा गठबन्धनका उम्मेद्वारहरूलाइ भारि मतदिएर बिजयी गराउन अनुराेध गरे । 

लाेकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरूलाइ जिताउन भाेटकाे अपिल गर्न आयाेजित चुनावि सभामा अधिकांस बक्ताहरूले एमाले अध्यक्षलाइ अहंकारी शासक भन्दै गालि गरेका थिए । 

त्यस्तै इटहरी उपमहानगर अन्तरगत मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका इटहरी सभापती हेमकर्ण पाैडेलले शहरकाे स्वाेरूप बदल्न अब सहि नेतृत्वकाे आवस्यक रहेकाे बताए । उनले बिगत ३० वर्ष देखि एमालेले जिदिरहदा इटहरीवासीले हारिरहेकाे यथार्थ सुनाउदै अब नगरवासि हार्न हुन्न भन्दै याे पटक गठबन्धनलाइ जिताउन अनुराेध गरे । 

इटहरी सम्भावना बाेकेकाे शहर भएकाेले यहा गर्न चाहेकाे खण्डमा असम्भव केहि नरहेकाे बताउदै मेयरका उम्मेद्वार पाैडेलले डुबानकाे समस्यालाइ पहिलाे प्राथमिकतामा राखेर काम गर्ने र गरेर देखाउने प्रतिवद्धता ब्यक्त गरे । 

उम्मेद्वार पाैडेलले घाेषणा पत्रमा उल्लेखित सबै बुदाहरू नाेट गरेर राख्न अाम नगरवासिलाइ अनुराेध गरे ।हामि इटहरी बदल्ने अठाेटकासाथ चुनावी मैदानमा उत्रिएका हाै उनले भने । चुनावि सभामा संघिय सांसद कल्पना चाैधरी , नेपाल बिद्यार्थि संघका पूर्व केन्द्रिय अध्यक्ष राजिव ढुंगाना , हास्य कलाकार शिवशङ्कर रिजाल (जाेगिन्दर पानवाला ) इटहरी उपमहानगर उपमेयर पदका उम्मेद्वार नेकपा एसका केन्द्रिय सदस्य तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव कुमार विस्ट  लगायत अन्यले बाेलेका थिए । 

Comments

सम्बन्धित खवर