•  १० मंसिर २०८१, सोमबार
  •  1:26:45 AM

आरजु देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी

- बैशाख २४, २०७९ मा प्रकाशित



काठमाडौँः नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । ‘काङ्ग्रेसका मेयर भएको ठाउँमा मात्र पैसा पठाउने’ भन्ने उनको अभिव्यक्तिलाई लिएर एक मतदाताले आयोगमा उजुरी गरेका हुन् ।मतदाता हरिशप्रसाद अवस्थीले राणाको भनाइले मतदाता र करदाताको गम्भीर अपमान भएको उल्लेख गर्दै उजुरी दिएका हुन् ।

राणालाई सो विषयमा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण सोधी कानुनअनुसार कारबाही गर्न उजुरीमा माग गरिएको छ । बिहीबार) एक चुनावीसभामा राणाले ‘काङ्ग्रेसका मेयर भएको पालिकामा मात्र पैसा पठाउने’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

Comments

सम्बन्धित खवर