कमल थापाको चिन्ता : सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ
- बैशाख २१, २०७९ मा प्रकाशित
काठमाडौं: हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए । उनको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ ।
थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरे ।
सामाजिक सञ्जाल ट्वीटरमा बुधबार बिहान उनले लेखेका छन्, ‘धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ । कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन् । संविधानले निषेध गरेको संगठित धर्म परिवतृनको आफ्नो पालिकामा रोक्छौं भन्ने प्रतिबद्धतसमेत कुनै दलले व्यक्त गरेनन् । सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन ।’
पूर्वराजा ज्ञानेन्द्रसँग मन मुटाव भएपछि थापा राजसंस्थाको एजेन्डा त्यागेर हिन्दु धर्मको मात्र एजेन्डा बोकेर हिँडेका छन् । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments