•  १० मंसिर २०८१, सोमबार
  •  7:39:05 PM

श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्न राष्ट्रपति भण्डारीकाे आह्वान

- बैशाख १८, २०७९ मा प्रकाशित



काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्न आह्वान गरेकी छन् ।

१३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘यस अवसरमा मुलुकको उद्योग, कृषि, निर्माण र सेवालगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु ।’

उनले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको स्मरण गराएकी छन् । ‘न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हाम्रो दायित्व हो,’ उनले भनेकी छन् । -न्युज कारखाना

Comments

सम्बन्धित खवर