क्यानडा ३६ वर्षपछि विश्वकप खेल्दै
- चैत्र १४, २०७८ मा प्रकाशित
काठमाडौं: जमैकालाई सोमबार राति ४-० अन्तरले पराजित गर्दै क्यानडाले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ ।
कन्काकाफ छनोटमा जमैकामाथिको जितसँगै क्यानडाले ३६ वर्षपछि विश्वकपमा स्थान पक्का गरेको हो ।
गत साता कोस्टाकारिकासँग १-० ले पराजित भएसँगै क्यानडाको विश्वकप यात्रा लम्बिएको थियो ।
शीर्ष स्थानको क्यानडाको १३ खेलमा २८ अंक रह्यो । समान खेलमा दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको समान २५ अंक छ
सन् १९८६ को मेक्सिको विश्वकपपछि क्यानडाले छनोट चरण पार गर्न सकेको थिएन । क्यानडाले सो विश्वकपमा समूह चरणको तीन वटै खेल गुमाएको थियो ।
बुधबार पानामाविरुद्ध हुने खेलमा एक अंक मात्र बटुलेमा पनि क्यानडाले छनोटको शीर्ष स्थान पक्का गर्नेछ ।
१३औं मिनेटमा काइल लारेनको गोलमा क्यानडाले अग्रता लिएको थियो । ४४औं मिनेटमा ताजोन बुचाननले गरेको गोलमा क्यानडाले अग्रता दोब्बर पारेका थियो ।
८३औं मिनेटमा जुनियर होइलेटले क्यानडाको अग्रता ३-० मा पुर्याएका थिए । खेल सकिन दुई मिनेट बाँकी हुँदा जमैकाका एड्रियान मारिप्पाको आत्मघाती गोलमा क्यानडाले सहज जित पक्का गरेको थियो ।
कन्काकाफबाट शीर्ष तीन टोलीले स्वतः कतार विश्वकपको टिकट काट्ने छन् । दोस्रो स्थानको अमेरिका र तेस्रो स्थानको मेक्सिकोले पनि छनोट सम्भावना बलियो पारेका छन् ।
साेमबार नै सम्पन्न अन्य खेलमा अमेरिकाले पानामामाथि ५-१ ले पराजित गर्दा मेक्सिकोले होन्डुरसलाई १-० ले निराश बनायो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख २९, २०८१Iphonedaki App Storeda Uygulamaları Indirme Apple Company Destek T
-
ताजा बैशाख २९, २०८१Iphonedaki App Storeda Uygulamaları Indirme Apple Company Destek T
-
ताजा बैशाख २९, २०८१Pin Up Casino Site Oficial Little Brasil Ganhe R$1500 De Bônus Logi
-
ताजा बैशाख २९, २०८१“лучшие Онлайн Казино и 2024 Рейтинг Топ 10 Сайтов для Игры На кварплат
-
ताजा बैशाख २९, २०८१Бесплатные Игры Казино Слоты И Игровые Автомат
Comments