आर्सनललाई हराउँदै लिभरपुलले सिटीसँगको दूरी एक अंकमा झार्याे
- चैत्र ३, २०७८ मा प्रकाशित
काठमाडौं: इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २-० अन्तरले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको दूरी एक अंकमा झारेको छ ।
लण्डनमा लिभरपुललाई जिताउन दोस्रो हाफमा डिअगो जोटा र रोबर्टो फर्मिनोले एक-एक गोल गरे ।
जितसंगै लिभरपुलको २९ खेलबाट ६९ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ७० अंक छ ।
हारसंगै तेस्रो स्थानमा उक्लिने मौकाबाट चुकेको आर्सनल ५१ अंकसहित चौथो स्थानमा छ ।
यता गय राति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई २-० अन्तरले पराजित गर्यो । टोटनहमको जितमा क्रिष्टियन रोमेरो र ह्यारी केनले समान एक-एक गोल गरे ।
जितसंगै टोटनहम ४८ अंक सहित सातौं स्थानमा छ । ३३ अंक सहित ब्राइटन १३ औं स्थानमा छ । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख २९, २०८१Iphonedaki App Storeda Uygulamaları Indirme Apple Company Destek T
-
ताजा बैशाख २९, २०८१Iphonedaki App Storeda Uygulamaları Indirme Apple Company Destek T
-
ताजा बैशाख २९, २०८१Pin Up Casino Site Oficial Little Brasil Ganhe R$1500 De Bônus Logi
-
ताजा बैशाख २९, २०८१“лучшие Онлайн Казино и 2024 Рейтинг Топ 10 Сайтов для Игры На кварплат
-
ताजा बैशाख २९, २०८१Бесплатные Игры Казино Слоты И Игровые Автомат
Comments