नकआउट फुटबलको उपाधि आरआर एफसीलाई
- चैत्र २०, २०७८ मा प्रकाशित
हेटौंडा: हेटौंडामा आयाेजित खुल्ला नकआउट ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आरआर एफसीले जितेको छ ।
नेपाल राष्ट्रिय खेलकुद महासंघ, मकवानपुर र भुटनदेवी युवा क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा हर्नामाडी कमलदेवी युवा क्लबलाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै आरआर एफसीले उपाधि जितेको हो ।
निर्धारित समयको खेल गोलरहित सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । आरआरएफसीले उपाधिसँगै नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपविजेता हर्नामाडीले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । खेलमा म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आरआरएफसीका गोपि बर्तौला घोषित भए । हेटौंडा-४ हुप्राचौरको खेल मैदानमा भएको प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो । -न्युज कारखाना
सम्बन्धित खवर
-
ताजा बैशाख २९, २०८१Iphonedaki App Storeda Uygulamaları Indirme Apple Company Destek T
-
ताजा बैशाख २९, २०८१Iphonedaki App Storeda Uygulamaları Indirme Apple Company Destek T
-
ताजा बैशाख २९, २०८१Pin Up Casino Site Oficial Little Brasil Ganhe R$1500 De Bônus Logi
-
ताजा बैशाख २९, २०८१“лучшие Онлайн Казино и 2024 Рейтинг Топ 10 Сайтов для Игры На кварплат
-
ताजा बैशाख २९, २०८१Бесплатные Игры Казино Слоты И Игровые Автомат
Comments