
लेखापढीका नाममा सर्वसाधारण ठगेकाे भन्दै चर्को शुल्क असुल्ने फर्मलाई सुनसरी प्रशासनमा प्रवेश निषेध
- फाल्गुन १७, २०७९ मा प्रकाशित

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारण ठग्ने क्रमलाई नियन्त्रण गर्न अत्यावश्यक कामबाहेक कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
सेवा सहजीकरणका नाममा विभिन्न फर्म आबद्ध व्यक्तिले सेवाग्राहीबाट चर्को शुल्क असुल्ने गरेको भेटिएको भन्दै त्यस्ता व्यक्तिको हकमा अत्यावश्यक काम बाहेक कार्यालय प्रवेशमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरी प्रशासनका अनुसार कार्यालय बाहिर खुलेका फर्म र सो आबद्ध व्यक्तिहरूले सर्वसाधारणबाट चर्को शुल्क असुलेर ठगी गरेको पाइएकाले सेवाग्राहीको हीतकालागि उक्त निर्णय लिइएको जनाएको छ । लेखापढी आबद्ध फर्मले सर्वसाधारणबाट फोटोकपीदेखि निवेदन, लिखित, हुलाक टिकट र अनलाइन फारमबापत चर्को शुल्क लिने गरेको प्रशासनको भनाइ छ । सुनसरी प्रशासनले सरल र सहज सेवा प्रवाह कालागि कार्यालय भित्रैबाट निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निःशुल्क उपलब्ध रहने सबै सेवा सोझै कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कबाट प्रदान हुने बताइन् । जसका लागि कुनै फर्म वा कसैको सहजीकरण आवश्यक नपर्ने पाण्डेको भनाई छ । उनले जिल्ला प्रशासनबाट दिनसक्ने सेवा जिल्ला प्रशासनबाट नै दिनका लागि र बाहिर भइरहेको अनियमितता रोक्नका लागि काम थालेको बताइन् ।
यता प्रशासनको कडाई पश्चात लेखापढी व्यवसायीले भने आफूहरूको रोजीरोटी खोसिएको भन्दै सो कदमको विरोध गरेका छन् । उनीहरूले निश्चित शुल्क लिएर आफूहरूले काम गर्न पाउनुपर्ने माग राखेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments