
८ मार्च : परिवारलाई समस्या पर्ने त्रासले हिंसा सहेर बस्न बाध्य
- फाल्गुन २४, २०७८ मा प्रकाशित
सप्तरी: राजविराज नगरपालिका-१ कि ५० वर्षीया महिला बोक्सीको आरोपमा पटक-पटक प्रताडित छिन् । समाजकाे डरले उनी उजुरी गर्न गएकी छैनन् । उनका अनुसार आफन्त र छिमेकीको घरमा कोही बिरामी भएमा बाेक्सीकाे आरोप लाग्छ । तीन छोरी र एक छोराको विवाह गर्ने बेलामा उजुरी गर्न गएमा घरपरिवार नै समस्यामा पर्ने उनमा पीर छ ।
अग्निसाइर कृष्णासवरण गाउँपालिका- २ कि २७ वर्षीया पूजाकुमारी चौधरीलाई बोक्सीको आरोप लगाएर गाउँलेले कुटपिट गरेपछि गत २० माघमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपित फरार छन्। पूजा भन्छिन्,´गाउँमा काेही बालबालिका बिरामी भयो कि मलाई बोक्सीको आरोप लगाउँछन् । कुटपिट पनि हुन थालेपछि कानुनी उपचारमा गएकी हुँ ।’
राजविराज नगरपालिका-५ कि ६० वर्षीया दुखनीलाई जेठाजुका छोराले बोक्सीको आरोप लगाएर छिमेकीको उपस्थितिमा दिसापिसाब खुवाउन तम्सिए । प्रहरीले उनलाई जाेगाए । भन्छिन्, ‘नयाँ जिन्दगी पाएकी छु ।’ दुखनीका जेठाजुकी गर्भवती बुहारीकाे मृत्यु भएपछि भतिजले उनीमाथि बाेक्सी आराेप लगाएका थिए ।
दुखनी मात्र हाेइन उनकी बुहारीलाई पनि बाेक्सी आराेप लगाइयाे । ´त्यो घटनाले मानसिक पीडा भयाे । दुई वर्षसम्म समस्या भयाे,’ उनी भन्छिन् ।
अहिले उनको जीवन सामान्य छ । सानाेतिनाे व्यापार पनि गरिरहेकी छन् । अधिकारकर्मी अनिता देवकोटा सासुबुहारीलाई बोक्सीको आरोप लगाई दिसापिसाब खुवाउन लागेको जानकारी पाएर प्रहरीको सहयोगमा उद्धार गरिएकाे बताउँछिन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६, ०७७/०७८ मा दुई र चालू आर्थिक वर्षमा ६ जना पीडितको उजुरी परेको छ ।
सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले बोक्सीको आरोपमा पीडित भएको उजुरी कम आउने गरेको बताए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments