
८ पटक बिवाह गरिसकेका यि ७४ वर्षीय बृद्ध जाे नवाै श्रीमतीकाे खाेजी गर्दैछन
- श्रावण ३१, २०७९ मा प्रकाशित
आठ पटक विवाह गरिसकेका ७४ वर्षका एक व्यक्ति पुनः विवाह गर्ने कोसिसमा छन् । रन शेपर्ड नामका व्यक्तिले आफूलाई सुहाउँदो जोडी भेट्ने बित्तिकै आफू नवौँ पटक विवाह गर्न तयार भएको बताएका छन् ।
रन ब्रिटेनको सोमरटनका बासिन्दा हुन् । आफूलाई एक्लै बस्न फिटिक्कै मन नलाग्ने रन बताउँछन् । उनलाई घुम्न जानका लागि कोही साथी चाहिने उनी बताउँछन् । यसअघि उनले रोज नामकी एक अमेरिकी महिलासँग इन्गेजमेन्ट गरेका थिए तर सन् २०१९ मा उनले सम्बन्ध तोडिदिइन् । त्यतिबेलादेखि नै रन एक्लो जीवन व्यतित गरिरहेका छन् ।
द मिररसँगको कुराकानीमापार्किनसन नामको रोगद्वारा ग्रसित रनले भने, ‘आफ्नो स्वास्थ्य समस्या र कोभिडका कारण म एक वैरागीको जीवन बाँचिरहेको थिएँ ।’
हास्य कलाकार नर्मन विजडमका पूर्व टुर म्यानेजर रन शेपर्डले भने, ‘मेरी पूर्व श्रीमती फिलिपिनो क्रिस्टेल लालेक सधैँ मसँग हुन्छिन् जस्तो लागेको थियो तर पाँच वर्ष घि उनले मलाई छोडिदिइन् । त्यसपछि नै म पार्टनरको खोजीमा छु ।’रन थप्छन्, ‘म अहिले पनि प्रेमको खोजीमा छु । म कहिल्यै हार मान्ने छैन । मलाई एक्लै बस्न फिटिक्कै मन पर्दैन । म एउटा साथीको खोजीमा छु ।’

सन् १९६६ मा पहिलो विवाह गर्दै रन
रनका ८ सन्तान छन् र उनका १३ नाती–नातिना छन् । उनले सन् १९६६ मा मार्गरेटसँग पहिलो विवाह गरेका थिए तर दुई वर्षपछि नै उनको सम्बन्ध विच्छेद भएको थियो ।

श्रीमती नम्बर सातसँग रन
रनकी दोस्री श्रीमतीको नाम जेनेट हो । विवाहको एक वर्षपछि सन् १९७४ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । दुई वर्षपछि सन् १९७६ मा उनले लेस्लीसँग विवाह गरेका थिए । विवाहको पाँच वर्षपछि सन् १९८१ मा लेस्लीको मृत्यु भयो र रन एक्लो भए । सन् १९८२ मा रनको पाँचौँ विवाह केथीसँग भयो । उनीसँग सम्बन्ध विच्छेद भएपछि सन् १९८६ मा रनले सूसँग विवाह गरे । यो विवाह ११ वर्षससम्म टिक्यो । रनले सिंगापुरकी उषासँग सन् १९९९ मा विवाह गरे । त्यसपछि सन् २००३ मा वनसँग र त्यसको एक वर्षपछि रनले वेंगसँग विवाह गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments