
६ वर्ष बित्याे तर उदयपुर – खाेटाङ जाेडने पुल बनेन , ठेकेदार सम्पर्कबिहीन
- बैशाख १६, २०८० मा प्रकाशित

उदयपुर । गाईघाट–साउने धाप्लाङ–चिसापानी सडकअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१४, धाप्लाङ र खोटाङको वाराहपोखरी गाउँपालिका–२, साउनेचौर जोड्ने दूधकोशी (सुनकोसी) नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल बीचैमा अलपत्र परेको छ ।
पुल निर्माण सम्पन्न हुने म्याद सकिएको झन्डै तीन वर्ष बितिसक्दासमेत पुल बनाउने ठेक्का लिएको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाैंले पेस्की लिएर काम नगरेपछि उदयपुर र खोटाङ दुई जिल्ला जोड्ने उक्त मोटरेबल पक्की पुल छ वर्षदेखि अलपत्र हँुदै आएको हो ।
निर्माण कम्पनीले तीन वर्ष अर्थात् २०७६ असार २९ गतेभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको थियो तर हलसम्म पनि पुल निर्माणको काम हुन नसक्दा कोशी नदी वारपार गर्न सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।राष्ट्रिय योजनाका रूपमा रहेको उदयपुर–खोटाङ जोड्ने धाप्लाङघाटस्थित पक्की पुलको काम छ वर्षदेखि हुन नसकिरहेकोमा सम्बन्धित निकायले पनि कुनै चासो नदेखाएको स्थानीय बासिन्दा नीरबहादुर राईले बताउनुभयो ।
शिलान्यास भएको तीन वर्षमै काम सक्ने भनिएकोमा छ वर्ष बितिसक्दा पनि काम गर्न निर्माण कम्पनी नआएको अर्का स्थानीय बासिन्दा अम्बरबहादुर कटुवालले बताउनुभयो । निर्माण कम्पनीले पहिलो वर्ष सुनकोशीको वारि र पारि दुई ठाउँमा पिल्लर गाड्ने काम सुरु गरेकोमा त्योसमेत पूरा नगरी योजना अलपत्र अवस्थामा छाडेर हिँडेपछि अहिलेसम्म फर्केर नआएको उहाँको भनाइ छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेपछि तत्कालै काम सुरु गरिएको थियो ।
सम्झौता गरेको मितिदेखि ३६ महिनाभित्र निर्माण सक्ने भनिएको भए पनि शिलान्यास भएको वर्ष जे जति काम भयो त्यसपछि निर्माण कम्पनीका कोही पनि मानिस अहिलेसम्म फर्किएर धाप्लाङ नआएको अर्का स्थानीय बासिन्दा हस्तबहादुर माझीले बताउनुभयो ।।।।ओपेन वयल फाउन्डेसन’ किसिमको ४० मिटर लम्बाइका पाँचवटा स्पान रहेको दुई सय मिटर लामो ।
डिजाइन न्ण्ड बिल्ड’ किसिमको सो पुलको ठेक्का अनुसार सुनकोशी नदीमा छवटा पिल्लर भएको ११ मिटर चौडाइसहित दायाँबायाँ नदी नियन्त्रण पाँच सय मिटर वारिपारि गरी चार सय मिटर एप्रोच सडकसमेत निर्माण गर्न २२ करोड ५० लाख रुपियाँमा ठेक्का लगाइएको हो । सो विषयमा सम्पर्क प्रयास गर्दा पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरान कार्यालयका प्रमुख डिभिजन इन्जिनियर प्रदीप भण्डारी सम्पर्कमा आउन चाहनुभएन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments