
६३ देशमा गरिएको अध्ययनले भन्छ–अधिकांश संरक्षित क्षेत्रले वन्यजन्तुलाई फाइदा गरेको छैन
- बैशाख ८, २०७९ मा प्रकाशित
लन्डन: प्रकृतिका लागि स्पष्ट रूपमा छुट्टाइएको क्षेत्रले वन्यजन्तुलाई सक्रिय रूपमा फाइदा नगर्ने एउटा अध्ययनले देखाएको छ । संरक्षित क्षेत्रहरूको अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययनले यस्तो खुलासा गरेको हो ।
वैज्ञानिकहरूले ६८ देशमा १५ सय संरक्षित क्षेत्रहरूको प्रभावबारे जाँच गरेका थिए । उनीहरूले सीमसार र जल पंक्षीहरूमा जोड दिएका थिए । वासस्थानहरूलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न आवश्यक रहेको र यसले प्रकृतिलाई बढावा दिने अध्ययनका लेखकहरू बताउँछन् ।
‘त्यहाँ नियमहरू हुन र पुनस्र्थापना गर्न आवश्यक छ’, एक्सेटर विश्वविद्यालयको इकोलोजी र संरक्षण केन्द्रका प्रमुख अनुसन्धानकर्ता डा. हाना वाउचोपले भनिन् ।
एउटा उदाहरण पेस गर्दै उनले अगाडि भनिन्, ‘हामीले क्षेत्र वरिपरि रेखा कोरेर तपाई यहाँ कार पार्क बनाउन सक्नुहुन्न भन्न सक्दैनौँ । ’
अध्ययनले संरक्षित क्षेत्रको सफलताको मापनको रूपमा सिमसार चराहरूको जनसंख्याको प्रवृत्ति प्रयोग गरेको छ ।
अनुसन्धानकर्ताहरूले आधिकारिक रूपमा संरक्षित गर्नुअघि र पछि ती क्षेत्रहरूको तुलना गरेका थिए । त्यस्तै, उनीहरूले संरक्षित क्षेत्रभित्र र क्षेत्रबाहिर समान पंक्षीहरूको संख्याको प्रवृत्तिहरू तुलना गरेका थिए ।
‘हामीले अध्ययन गरेका धेरैजसो ठाउँहरूमा वन्यजन्तुको जनसंख्या अझै स्थिर थियो वा बढ्दै गएको थियो । तर, तिनीहरूले असुरक्षित क्षेत्रहरूभन्दा राम्रो काम गरिरहेका थिएनन’, उनले भनिन् ।
अध्ययन बेलायतको नेचर जर्नलमा प्रकाशित छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments