
५९ वर्षको उमेरमा पूर्वमन्त्रीले पास गरे १२ कक्षा
- बैशाख १५, २०८० मा प्रकाशित

एजेन्सी । भारतको उत्तर प्रदेशका एकजना पूर्वमन्त्रीले ५९ वर्षको उमेरमा १२ कक्षा पास गरेका छन्। ५९ वर्षका प्रभुदयाल वाल्मीकिले युपी बोर्डबाट १२ कक्षाको परीक्षा करिब ५४ प्रतिशत अंकसहित पास गरेका हुन्। उनी समाजवादी पार्टी सरकारमा रहँदा दुई पटक विधायक र मन्त्री भइसकेका छन्। परीक्षामा उनलाई ५०० मा २७१ अंक मिलेको छ।
प्रभुदयाल मेरठको हस्तिनापुर विधानसभा सिटबाट सन् २००१ देखि २००७ सम्म विधायक थिए। उनी त्यसक्रममा सन् २००३ देखि २००७ सम्म लघु उद्योग, वस्त्र तथा रेशम विभागका प्रभारी मन्त्री भइसकेका छन्। प्रभुदयाल वाल्मीकिले १२ कक्षा पास गरेपछि पढ्नका लागि कुनै उमेरले नछेक्ने बताएका छन्।
‘म मन्त्री हुँदा समय थिएन। तर मेरा नातेदारले अहिले पढ्न हौसला दिए’, उनले भनेका छन्, ‘तर अहिले कुनै पनि हालतमा मैले पढाईलाई अघि बढाउनु पर्ने अठोट गरेको थिएँ।’उनले सन् २०२१ मा ११ कक्षामा नाम लेखाए पनि कोरोनाका कारण परीक्षा दिन पाएका थिएनन्।
कोरोनाका कारण उनीसहितलाई परीक्षार बोर्डले १२ कक्षाका लागि पास गरिदिएको थियो। तर अहिले उनले १२ कक्षा परीक्षा दिएरै पास गरेका हुन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments